दफा २७
अनुसन्धान, नियमन, गुणस्तर मापन तथा अनुगमन
: (१) स्वास्थ्य संस्था तथा सेवा प्रदायकले तोकिएको मापदण्ड अनुरूप गुणस्तर कायम गरे नगरेको सम्बन्धमा नेपाल सरकार र तोकिएको निकायले नियमन, निरीक्षण, अनुगमन, अनुसन्धान र मूल्याङ्कन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गरिएको निरीक्षण, अनुसन्धान तथा अनुगमनबाट प्राप्त नतिजाका संस्थाले उल्लिखित मापदण्डहरूको पालना नगरेका कारण जनस्वास्थ्यमा प्रभाव पर्ने देखिएमा स्वास्थ्य संस्था स्थापना र सञ्चालनको स्वीकृति दिने निकायले त्यस्ता संस्था बन्द गर्ने आदेशसम्म दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिमको आदेश बमोजिम संस्था बन्द गर्ने गराउने जिम्मेवारी सम्बद्ध सरकारको हुनेछ।
(४) अनुसन्धान, नियमन, गुणस्तर मापन, अनुगमन तथा मूल्याङ्कन गर्न उपयुक्त संयन्त्र निर्माण गरिनेछ।